
सुजन चालिसे, काठमाडौँ, असोज २० । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले आज आफ्नो आठौँ खेल खेल्दै छ । अवे खेल खेल्नको लागी रियल म्याड्रिड आल्भेसको मैदानमा उत्रिनेछ । खेल आज नेपाली समय अनुसार राति १०:१५ बाट सुरु हुँदैछ । गएको लगातार ३ खेलमा जित निकाल्न नसकेको रियल आज जित निकाल्दै गोलको खडेरी समेत तोड्ने दाउमा छ ।
समान ७ खेल खेलेर समान १४ अङ्क निकालेको रियल म्याड्रिड गोलअन्तरको आधारमा टेबलको दोस्रो स्थानमा छ । पहिलो स्थानमा बार्सिलोना कायमै छ । आजको खेलमा जित निकाल्दै थप तिन अङ्कका साथ टेबलको पहिलो स्थानमा जाने अवसर आज रियललाई छ ।
प्रतिक्रिया