रियल म्याड्रिडमा रोनाल्डो अभाव, युभेन्टसमा रोनाल्डो प्रभाव


  • Frontline Nepal

सुजन चालिसे, काठमाडौँ, असोज २१ । रियल म्याड्रिड यो सिजन ला लिगा तथा च्याम्पियन्स लिग दुबैमा खराब अवस्थाबात गुज्रीरहेको छ । गएको ३ ला लिगा तथा १ च्याम्पियन्स लिगको खेलमा उसले जित निकाल्न सकेको छैन । जित भन्दापनि रियल लगातार ४ खेलमा गोलबिहिन बनेको छ । रियल गएराति स्पेनिस ला लिगा अन्तर्गतको आठौँ खेलमा आलभेससँग अन्तिम समयमा  १ गोल खाँदै पराजित भएको थियो ।

सन् २००९ मा क्रिश्टियानो रोनाल्डोको आगमन पश्चात अहिलेसम्म यो अवस्थामा नपुगेको रियल उनको बाहिर्गमन पश्चात पहिलो पटक यस्तो कमजोर अवस्था देखिएको हो । हाल रियल म्याड्रिडका सम्पुर्ण सदस्य तथा समर्थकहरुले रोनाल्डोको अभाव मज्जैसित खड्किएको अनुभव गरिरहेका छन् । सिजन सुरुवातका केहि खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै रोनाल्डोको कमी महसुस हुन नदिने सङ्केत दिएका करीम बेन्जेमा र ग्यारेथ बेलले आफ्नो लयलाई निरन्तरता दिन नसक्दा रियल यस्तो हालतमा पुगेको हो ।

यता रोनाल्डोको नयाँ क्लब युभेन्टसले भने सुरुवातबाटनै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । सिजनको १० खेलमा युभेन्टसले लगातार जित निकालेको छ । यस्तो रेकर्ड युभेन्टसको इतिहासमै पहिलो पटक भएको छ । रोनाल्डोको आगमनपश्चात क्लबका धेरै खेलाडी तथा प्रशिक्षक समेत खेलमा सजिलै जित हात पार्ने सम्भावना उच्च हुने बताउँदै आएका छन् । युभेन्टससँगको आफ्नो ९ खेलमा रोनाल्डोले ४ गोल गर्दै ५ गोलको लागि पास समेत निकालेका छन् । इटालियन क्लब युभेन्टसले हाल रोनाल्डोको प्रभाव महसुस गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट