चलचित्र ‘हजार जुनीसम्म’मा आर्यनले लिए मोटो पारिश्रमिक


  • Frontline Nepal

असोज २१,काठमाडौँ । चलचित्र ‘हजार जुनीसम्म’मा अभिनेता आर्यन सिग्देलको प्रवेश भएको छ ।  उनले सिनेमाको लागि १० लाख भन्दा बढी रकम लिएर प्रवेश गरेका हुन्।

बजारमा आर्यन सिग्देलले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको खबर बाहिरिँदै गर्दा निर्माण पक्षले भने पारिश्रमिकको बारेमा बोल्न नमिल्ने बताएका छन्। ‘१० लाखभन्दा माथि नै लिएको छ। १५ लाख नै वा १० लाख नै भनेर चाहिँ नभनौँ होला। निर्माण पक्षले बताए।’

मंसिरको दोस्रो साता देखि छायांकनमा जाने सिनेमा हजार जुनीसम्ममा नायिका स्वस्तिमा खड्का यसअघि नै अनुबन्धित भइसकेकी छन् भने सलोन बस्नेत पनि फाइनल भैसकेका छन्।। अर्कोसालको भदौमा रिलिज हुने यस सिनेमामा नायिका प्रियंका कार्की पनि हुने लगभग फाइनल छ।

यसै सिनेमाका लागि एकजना नयाँ नायक पनि फाइनल गरिएको छ। दिल्लीमा बस्दै आएका अकी प्रधान सिनेमाका लागि फानइल भएका हुन्। अकी सिनेमा लागि सम्झौता गर्न एक दिन मात्र नेपाल आएर दिल्ली फर्किसकेका छन्। चलचित्रलाई विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर लेखेका हुन भने चलचित्रलाई बिकासले नै निर्माण गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार