अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ फागुनमा रिलिज हुने


  • Frontline Nepal

 असोज २१, काठमाडौं । नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को रिलिज मिति फाइनल गरिएको छ । चलचित्र फागूनमा आउने पक्का भएको छ ।

चलचित्रका निर्माता भूवन केसीले फागूणको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि भूवन र वितरक मनोज राठीले यो मितिमा चलचित्र रिलिज गर्ने बताएका हुन् ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रको भीएफएक्सको काम पनि सकिएको छैन । चलचित्रमा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार