‘मिस काभ्रे’को उपाधि रुविला श्रेष्ठले जितिन


  • Frontline Nepal

असोज २२,काभ्रे  ।  ‘मिस काभ्रे’को दशौं संस्करणको उपाधि रुविला श्रेष्ठले जितेकी छिन्। रुविलाले उपाधिको साथमा मोस्ट कन्फिडेन्ट र बेस्ट ट्यालेन्टको सब टाइटल समेत जितेकी हुन्।

रुविला अब चाइनामा हुने ‘मिस ग्लोब वर्ल्ड’मा सहभागी हुनेछिन्। त्यस्तै प्रतिस्पर्धामा दोश्रो बनेकी प्रियंका पाठकले मोस्ट इनर्जेटिक टाइटल पनि जित्न सफल भइन । तेश्रो भएकी रिचा न्यौपानेले भ्युअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार जितिन्। प्रतिस्पर्धामा सुस्मिता मानन्धरले पर्सनालिटी, अनुषा गुरुङले मोस्ट सिन्सियर, सदिक्षा श्रेष्ठले मोस्ट डिसिप्लिन, सविना तामाङले पंच्युआलिटी, रोजी कपालीले फोटोजेनिक, विनिता गुरुङले बेस्ट डान्सर, प्रभा खड्काले बेस्ट वल्कको सब टाइटल जितिन्।

प्रतिस्पर्धाका निर्णायकमा फिल्म निर्देशक नवल खड्का, गायिका सत्यकला राई, संचारकर्मी बिराजकाजी राजोपाध्याय, हब इन्टरनेशनल एजुकेशनका सरिता खड्का र संचारकर्मी निलिमा मास्के श्रेष्ठ रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार