हलिउडका स्टार विल स्मिथको ऐश्वर्या रायसँग फिल्म खेल्ने इच्छा


  • Frontline Nepal

असोज २१, काठमाडौं । हलिउडका स्टार अभिनेता विल स्मिथले बलिउड अभिनेत्री ऐश्वर्या रायसँग फिल्म खेल्ने इच्छा व्यक्त गरेका छन् । एक सम्मेलनमा भाग लिनका लागि भारत आइपुगेका स्मिथले बलिउडमा एक डान्स सिक्वेन्स र ऐश्वर्यासँग अभिनय गर्ने इच्छा व्यक्त गरेका हुन्।

उनले फरहान अख्तरसँगको एक विशेष सोमा यस्तो बताएका हुन् । यसअगाडि स्मिथ भारत आउँदा अभिनेता अक्षय कुमारले आफ्नो घरमा विशेष पार्टीको आयोजना गरेका थिए। उनले करणको कार्याक्रम ‘कफी विथ करण’मा समेत भाग लिएका थिए।

खबरअनुसार स्मिथ, रणवीर सिंह और अक्षय कुमारको उक्त शोको शनिबार मुम्बइमा सुटिङका गरिएको छ। उनीहरुले सुटिपछि एकसाथ खाना पनि खाएका थिए। स्मिथले सामाजिक सञ्जालमार्फत उक्त कार्यक्रमका केही तस्विरहरु समेत सार्वजनिक गरेका छन्। उनी करणको ‘स्टुडेन्ड आफ द इयर–२’मा अतिथिको भूमिकामा देखिँदैछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट