चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको मृत्यु


  • Frontline Nepal

असोज २३, काठमाडौँ ।  चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको मृत्यु भएको छ। टीकाथलीस्थित निवासमा रुख काट्ने क्रममा बिजुलीको खम्बा ढलेर घाइते भएका उनको उपचारका लागि  बि एण्ड बि अस्पताल लाने क्रममा मृत्यु भएको हो।

बोगटीको जेठी श्रीमतीबाट दुई छोरा, एक छोरी र कान्छी श्रीमतीबाट एक छोरी छन्। कलाकार संघका पूर्व अध्यक्ष नवल खड्काले उनको शव पोस्टमार्टमका लागि पाटन लगेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार