चलचित्र ‘जात्रै जात्रा’को घोषणा , बर्षा र बिपिनको जोडी


  • Frontline Nepal

असोज २६, काठमाडौँ ।  चलचित्र ‘जात्रै जात्रा’को घोषणा गरिएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रमका बीच चलचित्र घोषणा गरिएको हो । दशैको पूर्णिमाको भोलिपल्टबाट छायाँकन सुरु हुने बताइएको चलचित्रको लेखन निर्देशक प्रदीप भट्टराईले गरेका हुन् ।

चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहनेछ ।

कार्यकारी निर्मात रविन्द्रसिंह बानिया, निर्माता सिंगे लामा र यादव पौडेल रहेको चलचित्रको छायाँकनमा शिवराम श्रेष्ठ, सम्पादनमा मित्र डी गुरुङ रहनेछन् ।  ‘हामीले जात्राभन्दा राम्रो कथा नपाएसम्म यसको सिक्वेल नबनाउने बताएका थियौ । जात्राको भन्दा राम्रो कथा पाएपछि यसको सिक्वेल बनाउन लागेका हौ’ कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए ।

३५ दिनको छायाँकन सेडुल रहेको चलचित्र १७ फागुनमा रिलिज मिति तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट