मि टु मा पालो निर्देशक सुभाष घइको


  • Frontline Nepal

असोज २९, काठमाडौँ । बलिउडका चर्चित निर्देशक सुभाष घइबिरुद्द एक महिलाले अदालतमा एफआइआर दर्ता गरेकी छिन् । केट शर्माले उनीविरुद्ध एफआइआर दर्ता गर्दै जर्बजस्ती चुम्बन गर्न खोजेको आरोप लगाएकी छिन् ।

केटले सुभाषप्रति आरोप लगाउँदै भनेकी छिन् कि-‘अगष्ट ६ को दिन सुभाषले जन्मदिनको पार्टी दिने भन्दै बोलाएका थिए । उनले मलाई मसाज गरिदिन आग्रह गरे । उक्त स्थानमा पहिले नै ६ जना मानिस उपस्थित थिए । मैले मसाज पनि गरिदिएँ । तर, जब म हात धुनका लागि बाथरुम जाँदै थिए, घई मेरो पछि पछि आए । उनले मलाई एक कोठामा बोलाएर जर्बजस्ती चुम्बन गर्ने कोशिश गरे ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट