प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार , बालुवाटारमै बोलाइयो मन्त्रिपरिषद बैठक


  • Frontline Nepal

कात्तिक  ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएको छ । प्रमको स्वास्थ्यमा सुधारआएसँगै आइतबार दिउँसो ३ः३० बजे बालुवाटारमै मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्री ओलीका प्रेश संयोजक चेतन अधिकारीले बताए ।

उनलाई शुक्रबारबाट रुघाखोकीले च्यापेको बालुवाटार श्रोतले जनाएको छ । सोही कारण शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन नसकेको प्रधानमन्त्री ओलीको स्वास्थ्य शनिबारको तुलनामा आइतबार केही सुधार आएको उनको सचिवालयले जनाएको छ ।

‘शनिबारको तुलनामा आइतबार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार आएको छ,’ ओलीको सचिवालयले भनेको छ । यद्यपी ओलीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरिसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार