प्रम ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, गृहमन्त्री र रक्षामन्त्रीसँग अस्पतालमै छलफल


  • Frontline Nepal

कात्तिक १४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलसँग अस्पतालमै छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था क्रमश  सुध्रिदै गएको हो ।

प्रधानमन्त्री ओली मंगलबार अघिल्लो दिनको तुलनामा राम्ररी सुतेको तथा खाना समेत राम्ररी खाएको चिकित्सकहरुले बताएका छन् । बुधबार बिहानको स्वास्थ्य परिक्षणका रिपोर्टहरु पनि सन्तोषजनक रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट