बलिउड अभिनेता शाहरुख खान आजबाट ५३ औं बर्षमा प्रवेश


  • Frontline Nepal

कात्तिक १६, काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान आजबाट ५३ औं बर्षमा प्रवेश गरेका छन् । उनी २ नोभेम्बर १९६५ मा जन्मेका थिए ।

शाहरुखको जन्मदिनमा उनलाई शुभकामना दिन बिहिबार राति १० बजेदेखि नै उनको निवासबाहिर फ्यानहरुको भीड जम्मा भएको थियो । उनीहरुले लगातार शाहरुखको नाम गुञ्जाएका थिए ।

रातको ठीक १२ बजे शाहरुख आफ्नो निवासबाट बार्दलीमा निस्किए । उनलाई देख्नासाथ फ्यानहरुमा खुशी छाएको थियो । शाहरुखले भिडलाई धन्यवादसहित हात हल्लाए र फ्लाइङ किस दिए । फ्यानहरुबाट शुभकामना लिने शाहरुखको यो पुरानै शैली हो । हरेक जन्मदिनमा उनको निवास ‘मन्नत’बाहिर यस्तै दृष्य देखिने गर्छ ।

यो जन्मदिन शाहरुखको लागि विशेष हुनेछ, किनकी उनको आगामी फिल्म ‘जिरो’ को ट्रेलर आजै रिलिज गर्ने तयारी छ । यसका लागि भव्य कार्यक्रम राखिएको छ । यो फिल्ममा साहरुखले एउटा पुड्को व्यक्तिको भूमिका निभाएका छन् । फिल्ममा साहरुखका साथ अनुष्का शर्मा र कैटरिना कैफ पनि छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट