कांग्रेसको चियापान कार्यक्रम – खानामा समोसा र निम्की , निशुल्क स्वास्थ्य परिक्षण


  • Frontline Nepal

कात्तिक १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चियापान कार्यक्रममा शुक्रबार विभिन्न दलका नेता तथा पदाधिकारीहरु पुगेका छन् । चियापानका निम्तालुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरुले स्वागत गरेका छन् ।

पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाका नेता वामदेव गौतम, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतका पाहुनाहरु पुगेका छन् ।

नेपालीहरुको ठूलो पर्व दशैं,तिहार र छठपर्वको अवसरमा आयोजना गरिएको उक्त चियापान कार्यक्रम पूर्व निर्धारित कार्यक्रमभन्दा केही पछि सारिएको थियो । कोजाग्रत पूर्णिमाका दिन गर्ने गरे पनि कांग्रेसले यसवर्ष नेता चक्रप्रसाद वास्तोलाका निधनको शोकका कारण केही दिनपछि सारेर शुक्रबार गरेको हो ।

चियापानमा चिया, समोसा र निम्की राखिएको छ । चियापान कार्यक्रमसँगै कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान समारोहमा कांग्रेस समर्थक स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पताल इकाइ समितिले चियापानमा आएकाहरुको स्वास्थ्य जाँच गरेका हुन् । उनीहरुले रक्तचाप परीक्षण गर्ने, सामान्य घाउ चोटपटकको ड्रेसिङ गर्ने र औषधि दिने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार