पद्मरत्न तुलाधरको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि निवासमा


  • Frontline Nepal

कात्तिक १९, काठमाडौँ । लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि निवासमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिनका लागि विभिन्न दलका नेता, सांसद, मानवअधिकारकर्मी तथा आफन्त लाजिम्पाटस्थित निवासमा पुगेका छन् ।

उनको आजै शोभाभगवतीमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ । मानवअधिकार अन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था विरुद्धमा आवाज उठाएका थिए ।

मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक तुलाधरले तत्कालिन  माओवादी र सरकारबीचको वार्ताका क्रममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट