चलचित्र ‘गुनगुन’ले दर्शकको समय र पैसा दुबैको सदुपयोग गर्छ – निर्देशक भट्टराई


  • Frontline Nepal

कात्तिक १९,काठमाडौँ ।  चलचित्र ‘गुनगुन’ले दर्शकको समय र पैसा दुबैको सदुपयोग हुने कलाकार पुकार भट्टराइले बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको विभिन्न पक्षबारे जानकारी दिदै  निर्देशक समेत रहेका भट्टराइले भने ‘गुनगुन’ आफुले अहिलेसम्म कलाकारिताबाट संगालेको अनुभव हो ।’ ‘गुनगुन’ले दर्शक समेत रुहाउने उनको भनाई रहेको छ ।

३० कातिकबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र  पारिवारिक प्रेमकथामा निर्माण भएको हो ।  प्राथना फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइँटेल, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल ,अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको समेत अभिनय रहेको छ ।

हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन चलचित्रमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट