रणबीर सिंह र दीपिका पादुकोणको आज सिन्धि परम्परा अनुसार बिवाह हुँदै


  • Frontline Nepal

कात्तिक २९ , काठमाडौँ । बलिउडको निकै चर्चित जोडी रणबीर सिंह र दीपिका पादुकोणले कोंकणी रिवाजमा विवाह गरेका छन ।  छ वर्षदेखिको प्रेम सम्बन्धलाई बिहेमा रुपान्तरण गर्दा सिंगो बलिउड र उनीहरुका विश्वव्यापी फ्यानहरुको ध्यान खिचिएको छ।

कोंकणी विवाहमा सेतो रङको फूलले सजावट गरिएको थियो । करिब आठ हजार फूलले विवाहको स्थान सजाइएको थियो ।विवाह दिउँसो करिब दुई बजेदेखि लगभग पाँच बजेसम्म चलेको बताइएको छ । विवाहका लागि ३० देखि ४० पाहुनालाई निम्तो दिइएको थियो । आज सिन्धि परम्परा अनुसार यी दुईको विवाह हुँदैछ ।

आजको विवाहको लागि विवाह स्थललाई रातो फूलले सजाइनेछ । यसका लागि १२ फ्लोरिस्टको समूहले काम गरिरहेको छ । फूलको सजावटको काम १६ घण्टासम्म चल्यो ।

विवाहमा नजिकका आफन्त र परिवारलाई बोलाइएको छ। फिल्मकर्मीका तर्फबाट  संजयलीला भन्साली र फराहा खान विवाहमा उपस्थित छन्। विवाह कार्यक्रममा आमान्त्रितलाई मोबाइल एवं भिडियो खिच्न प्रतिबन्ध लगाइएको छ। त्यसैले बिहे भइसक्दा पनि उनीहरुको फोटो सार्वजनिक भएको छैन।

दीपिका र रणवीरले सबैलाई सामाजिक सञ्जालमा फोटो नराख्न र टुइट समेत नगर्न आग्राह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट