नवविवाहित जोडी रणबीर सिंह र दीपिका पादुकोण आइतबार बिहान मुम्बई फर्किए


  • Frontline Nepal

मंसिर २,काठमाडौँ । बलिउडका नवविवाहित जोडी रणबीर सिंह र दीपिका पादुकोण आइतबार बिहान मुम्बई फर्किएका छन् । यी दुईको इटलीको लेक कोमोमा १४–१५ नोभेम्बरमा विवाह भएको हो ।

यी दुई बिहान ८ बजे एयरपोर्ट पुग्ने खबर सार्वजनिक भएपछि बिहान ६ बजेदेखि नै यी दुईलाई हेर्न बिहान ६ बजेदेखि उनीहरुको प्रतिक्षा गरिरहेका थिए ।

 सिल्क कुर्ता र रातो रङको भारी सल ओढेकी दीपिकाले सिन्दुर र चुरा लगाएकी थिइन् ।रणबीर सिंह भने सेतो कुर्ता र गुलाबी रङको ज्याकेटमा देखिएका थिए ।

दीपिका र रणबीरको मुम्बई रिसेप्शन नोभेम्बर २८ मा होटल ग्रान्ड हयातमा हुनेछ । जुन राती ८ बजेदेखि सुरु हुनेछ । यो रिसेप्शन पार्टी रणबीर सिंहको आमाबुवाको तर्फबाट राखिएको हो । यस्तै, २१ नोभेम्बरमा दीपिकाको होमटाउन बेंगलुरुमा रिसेप्शन पार्टीमा हुनेछ । यसलाई दीपिकाको आमा–बुवाले होस्ट गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार