प्रचण्डले छोरा प्रकाश दाहालको सम्झनामा स्मृति प्रतिष्ठान बनाउने


  • Frontline Nepal

मंसिर ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरा प्रकाश दाहालको सम्झनामा स्मृति प्रतिष्ठान बनाउने बताएका छन् । छोरा प्रकाशको पहिलो वार्षिक तिथिमा बोल्दै  प्रचण्डले प्रकाश र ज्ञानु स्मृति प्रतिष्ठान स्थापना गरेर समाजोपयोगी काम गर्ने बताएका हुन।

प्रचण्डकी जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै मृत्यु भइसकेको हो। उनीहरुको रुची भएको विषय शिक्षा, स्वास्थ्य तथा अनुसन्धान लगायतमा प्रतिष्ठानले काम गर्ने प्रचण्डले बताए।

प्रतिष्ठानबारे कानूनी प्रक्रिया पूरा गर्न बाँकी रहेको जानकारी पनि उनले दिए। प्रकाशको सम्झनामा स्मारिका प्रकाशित भएको र त्यसमा प्रकाशबारे जानकारी दिन खोजिएको पनि प्रचण्डले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार