जन्ती बस र यात्रुबहाक बस ठोक्किँदा ४२ घाइते,९ गम्भीर


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ३, २०७५

  • फागुन ३, दाङ । दाङको श्रीगाउँमा यात्रुबहाक बससँग एउटा जन्ती बस ठोक्किदा ४२ जना घाइते भएका छन् । दंगीशरण गाउँपालिका वडा नं ७ श्रीगाउँमा तुलसीपुरबाट बगाले तर्फ जाँदै गरेको रा १ ख १७७० नम्वरको बस र पश्चिमको खैरेनीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना ८ ख १०१७ नम्वरको जन्ती बस एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।

    शुक्रवार दिउँसो करिब ४ बजे भएको दुर्घटनामा परी ४२ जना यात्रु र जन्ती घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षकका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा घाइतेलाई ल्याइएको छ । इप्रकाको सञ्चार शाखाका अनुसार हालसम्म २५ जना घाइतेको नाम आएको र त्यसमध्ये ९ जना गम्भीर घाइते छन् । अहिले घाइतेको उद्धार र अस्पताल ल्याउने काम चलिरहेको हुँदा थप विवरण केही बेरमा उपलब्ध गराउने प्रहरीले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार