स्टार्टअप लगानी सम्मेलनमा वीरगञ्ज उद्योग वाणिज्य संघको चासो, संघका अध्यक्ष डा. गुप्ता र थ्रिकम नेपालका सीईओ विपीनबिच छलफल


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र २४, २०७८

  • वीरगञ्ज, २४ चैत । वीरगञ्ज उद्योग वाणिज्य संघले युवा लक्षित स्टार्टअप लगानी सम्मेलनमा चासो देखाएको छ । नेपालमा स्टार्टअप लगानीबारे युवा उद्यमी, व्यवसायी र सरोकारवालासँग छलफल चलाएको छ । यसै सम्मेलनका लागि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोधकुमार गुप्ता र थ्रिकम नेपालका सीईओ विपीन जयसवालबिच छलफल भएको छ । नेपालमा स्टार्टअप लगानी सम्मेलन, यसको आवश्यकता, महत्व र सार्थकताबारे छलफल भएको सीईओ विपीनले बताएका छन् ।

    स्टार्टअप लगानी सम्मेलन आयोजनाका लागि थ्रिकम नेपालका सीईओ विपीन जयसवाल केही समयता क्रियाशिल छन् । उनले लगानी सम्मेलनलाई अभियानकै रुपमा लैजाने बताएका छन् । नेपालका युवाहरुलाई स्वदेशमै स्वरोजगार सिर्जना हुने वातावरण बन्नु पर्नेमा उनले जोड दिएका छन् । स्टार्टअपका लागि नेपाल उद्योग वाणिज्य महासंघ र सिएनआइमा काम गर्ने विभाग र आफ्नै समुह छ । ‘तर, त्यसका लागि सोचे जस्तो काम हुन सकेको छैन । आशा गरे अनुरुपको परिणाम हासिल गर्न सकेको छैन ।’ सीईओ विपीनले भने ‘त्यो टिमलाई परिमार्जन र व्यवस्थापन गरेर स्टार्टअप र उद्यमीका लागि मात्र परिणाम देखिने गरी तिब्र गतीमा काम गर्ने कमिटि बनाउन पाए उचित हुने थियो ।’

    नेपालमा सन् २००० पछि स्टार्टअपको अवधारणा सूरु भएको पाईन्छ । स्टार्टअप, सञ्चालनको पहिलो चरणमा रहेको कम्पनीलाई जनाउछ । स्टार्टअप एक वा सो भन्दा बढी उद्यमीहरुद्वारा स्थापित हुन्छन्, जसले उत्पादन वा सेवाको विकास गर्न चाहन्छन् । नेपालको रोजगारी बजारमा हरेक वर्ष करिब ५ लाख युवाहरु थपिने गरेका छन् । रोजगारीकै लागि ठूलो संख्यामाा युवाहरु विदेश पलायन हुने संख्या बढ्दो छ । यस्ता स्टार्टअपहरुले स्वदेशमै रोजगारीको सिर्जना गर्ने सम्भाबनाहरु बढाउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार