दुई विधेयक प्रमाणीकरण


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार २४, २०७९

  • काठमाण्डौँ, २४ असार । बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन् । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा उक्त दुई विधेयक पेश भएका थिए । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार