वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर २२, २०७९

  • वीरगञ्ज, २२ मंसिर । पर्साको वीरगञ्जमा आजदेखि एकहप्ते योग शिविर सञ्चालन भएको छ । वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको योग शिविर सञ्चालन भएको हो । वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुर स्कुलमा आयोजित शिविरको एक कार्यक्रमबीच महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख सिंहले योगमार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा महानगरले योग शिविर आयोजना गरेको बताउनुभयो ।

    उहाँले अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै जो कोहीले योग साधनाबाट आफूलाई स्वस्थ राख्नसक्ने बताउनुभयो । आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी आफूले काम गरिरहेको भन्दै उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य जारी राख्ने बताउनुभयो ।

    कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोध गुप्ताले शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित सुरु भएको शिविरमा ५० जनाभन्दा बढी महिला पुरुषको सहभागिता रहेको छ । यही मंसिर २८ गतेसम्म हरेक दिन बिहान साढे ६ बजेदेखि सञ्चालन हुने शिविरमा सहभागीलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिनुहुने स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार