अर्जेन्टिना सेमिफाइनलमा


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर २४, २०७९

  • काठमाडौँ, २४ मंसिर । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो ।

    खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

    टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार