नेपाल प्रहरी कल्याण कोष र प्रभु बैंकबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, प्रभु बैंकले गर्यो रु २५ लाख सहयोग


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ४, २०७९

  • नेपाल प्रहरी कल्याण कोष र प्रभु बैंकबीच ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    आज एक समारोहबीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई अक्षय कोष स्थापनाका लागि रु २५ लाखको चेक हस्तान्तरण गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने यस पुण्य कामका लागि प्रभु बैंकलाई धन्यवाद दिनुभयो । सिसिटिभी जडानलगायत विभिन्न कार्यक्रममा नेपाल प्रहरीले प्रभु बैंकसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।

    उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गने पाएकामा खुसी व्यक्त गर्नुभयो ।

    नेपाल प्रहरी कार्ययोजना, २०७९ को प्रहरी हबल्दार तथा जवान लक्षित कार्यक्रमअन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर÷शहीद एवम् अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हबल्दारका सन्ततिलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यले यो सम्झौता भएको जनाइएको छ ।

    आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने जनाइएको छ । —

    प्रतिक्रिया
    सम्बन्धित समाचार