नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २०, २०८०

  • काठमाडौ, २० पुसः आजबाट काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०८० सुरु भएको छ ।

    मिडिया स्पेस सोलुसन्स प्रालि र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रालिद्वारा काठ व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रसँग सम्बन्धित नवीनतम प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी सुरु भएको हो ।

    प्रदर्शनीमा नेपालमा उत्पादित फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसहित मेलामा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी प्रदर्शनी कक्ष छन् ।

    मिडिया स्पेस सोलुसन्ल प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

    प्रदर्शनीमा नेपाल, भारत, चीन, ताइवान, मलेसिया मुलुकका कम्पनी सहभागी छन् । नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सहज रुपमा उपलब्ध गराउने माध्यम प्रदर्शनी बन्ने आयोजकको दाबी छ ।

    आजबाट सञ्चालनमा आएको प्रदर्शनी यही आइतबार तीन दिनसम्म संचालन हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार