गायिका शारदा रसाईलीको ‘ए जोडा’ गीतको म्युजिक भिडिओ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन २, २०८१

  • काठमाडौं । काँठे भाकाका गीत गाउन खप्पिस छिन्, गायिका शारदा रसाईली । अहिलेसम्म ५ सय भन्दा बढी गीतहरुमा स्वर भरिसकेकी शारदाको पहिचान नै काँठे भाका गायिकाका रुपमा स्थापित भईसकेको छ । उनै शारदाले गायक किरण गौतमसँग मिलेर ‘ए जोडा’ म्युजिक भिडिओ बजारमा ल्याएकी छिन् ।

    गायक किरण गौतमकै शब्द रहेको ‘ए जोडा’ भिडिओमा संगीत तथा एरेन्ज नारायण दंगालको रहेको छ । संगम थापाले निर्देशन गरेको यस गीतको भिडिओमा दिक्षा घिमिरे, सुनिता कालिकोटे, विवेक बिके, साकार केसीको अभिनय रहेको छ। सन्तोष तिमिल्सिनाको सिनेमाटोग्राफी रहेको यस गीतको भिडिओलाई रोशन धितालले सम्पादन गरेका छन् । म्युजिक प्लस रेकर्डिङ स्टुडियोले यस गीतलाई तयार पारेको हो । यो गीतको भिडिओ गायिकाको आफ्नै युट्युव च्यानल शारदा रसाईलीमा हेर्न, सुन्न सकिन्छ ।

    भिडिओ


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट