डियबी मल्टिकल्चरल फुटबल कप हङकङमा नेपाली समुदायको प्रतिनिधित्व


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस १६, २०८१

  • हङकङ । हङकङमा गणतन्त्र चीनको १५औ राष्ट्रिय खेलकुद र बहुसाँस्कृतिक फुटबल प्रतियोगिता २०२४ आयोजना भएको छ । युङलोङ स्थित खेलमैदानमा सम्पन्न प्रतियोगितामा एकसय जना खेलाडीहरुले विभिन्न टिमहरु मार्फत खेलमा भाग लिएका थिए ।

    १५औ राष्ट्रिय खेलकुदलाई स्वागत गरौं भन्ने मुल नाराका साथमा आयोजित प्रतियोगितामा नेपालीहरुको प्रतिनिधित्व गर्दै युङलोङ ईगल्स र एलजी फाउन्डेसन टिम सामेल भएका थिए । हङकङमा रहेका अल्पसंख्यक जातीहरु नेपाल, भारत, फिलिपिन्स, बंगलादेश लगायतका देशहरुका युवाहरुमा एकता, भातृत्व र जातिय एकिकरणको प्रवद्र्धन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक डियबी (अल्पसंख्यक जातीय समिती) युङलोङ साखाले जनाएको छ ।

    उत्साहजनक उपस्थितीकाबीच सम्पन्न प्रतियोगितामा संस्कृति खेलकुद तथा पर्यटन सचिव श्रीचिउले सम्पन्न प्रतियोगिताले अल्पसंख्यक समुदायको सेवा र योगदानको लागि सरकारबीच संचारको पुलको काम गर्ने बताए । समुदायको हितको लागि आगामी दिनमा खेलकुद र जातिय सद्भावका कार्यक्रमहरुलाई अझ महत्व दिने बताए ।


    कार्यक्रममा जातिय अल्पसंख्यक समितीका उपाध्यक्ष जेसन चोङ, चिनीया जन राजनैतिक परामर्शदात्री समितीका सदस्य लेउङ, युङलोङ जिल्ला कार्यलयका सहायक जिल्ला अधिकारी मिस ओएनजी केई लगायत विभिन्न तहका सरकारी प्रतिनिधीहरुको उपस्थित रहेको थियो । सहभागी टिम मध्ये युङलोङ ईगल्सले सेकेन्ड रनरअपको उपाधी पाएको थियो ।


    सहभागी टिम एलजी फाउण्डेशनका निर्देशन चेतन गुरुङ भन्छन् विदेशी भुमिमा स्थानिय सरकारको तर्फबाट भएको सहयोग र अवसरले जातीय अल्पसंख्यक समुदायको उत्थान, एकिकरण र हितमा प्रत्यक्ष सहयोग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट