सन्दीप लामिछानेले भोली कराँचीमा इस्लामावद विरुद्ध खेल्ने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन २४, २०७५

  • काठमाडौं , फागुन २४ ।  काठमाडौँ –नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएल खेल्न लाहोर कलन्दर्स टोलीसँगै पाकिस्तान पुगेका छन्।

    युएईमा पिएसएलको २६ खेलपछि बाँकी खेल खेल्न सहभागि ६ वटै टोली पाकिस्तान गएका हुन्। सन्दीपसँगै नेपाली टोलीका म्यानेजर रमन शिवाकोटी पनि कराची पुगेका छन्।

    अब प्लेअफसहित बाँकी रहेका ८ खेल पाकिस्तानको कराँचीमा हुनेछ। यसअघि ६ खेल कराची र २ खेल लाहोरस्थित गद्दाफी स्टेडियममा हुने भनिएपछि प्राविधिक कारणले लाहोरको खेल पनि कराँची नै सारिएको हो।

    लिग चरणमा अब ४ खेल बाँकी छ। जसअन्तर्गत सन्दीपको लाहवरले २ खेल खेल्न बाँकी छ। लाहोरले भोली इस्लामावाद युनाइटेडसँग खेल्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार