
आसन्न चैत ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको आङ्गिक क्याम्पस नेपाल कमर्श क्याम्पसमा एमाले निकट अनेरास्ववियुले विशाल रोकाहको सभापतित्वमा प्यानल दर्ता गरेको छ। हाल विशाल व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा अध्ययनरत छन्। पढाइमा अब्लल रहेका उनी सानै उमेरदेखी राजनीति र शासनमा विशेष रुचि राख्ने गर्दथे । स्नातक र स्नातकोत्तर तहमा उनी सधै क्याम्पसमा उत्कृष्ट हुदै आएका छन । पढाइ सँगसँगै उनि साहित्य सिर्जना, वाचन तथा कार्यक्रम सञ्चालनमा समेत सक्रिय रहेका छन् ।
उनी क्याम्पसका अतिरिक्त राष्ट्रिय स्तरका युवा र शिक्षासँग सम्बन्धित विभिन्न संघसंस्थामा प्रत्यक्ष र परोक्ष रुपमा संलग्न रहेर काम गरेको कार्यअनुभव समेत संगालेका छन्। विगत लामो समयदेखी क्याम्पसमा विद्यार्थीका शैक्षिक समस्या समाधानका लागि निरन्तर क्याम्पस प्रशासनसँग पहल गर्दै आइरहेका छन्। क्याम्पसमा अतिरिक्त क्रियाकला, साहित्य संवाद, विभिन्न खाले विषयगत बहसका शृङ्खला, विद्यार्थिहरुका लागि Internship, विषय विज्ञ प्राज्ञिक व्यक्तिहरुद्वारा अतिरिक्त कक्षा सञ्चालन जस्ता विषयमा आवश्यक वातावरणको सिर्जना गर्न महत्वपुर्ण भुमिका खेलिरहेका छन्।
स्ववियु सभापतिको रुपमा विद्यार्थिहरु विचमा जाँदै गर्दा उनले नेपाल कमर्श क्याम्पसलाई व्यवस्थापन संकायको उत्कृष्ट क्याम्पसको रुपमा विकास गर्न, क्याम्पस प्रशासनलाई पारदर्शि बनाउने, स्ववियु कोषलाई आम विद्यार्थीहरुको शैक्षिक उन्नतिका क्षेत्रमा चलायमान बनाउने, सबै खाले विचार, भावना तथा मतहरुलाई ग्रहण गरी व्यवस्थित रुपमा क्याम्पस सञ्चालन गर्ने उनको योजना रहेको छ।
उनी लामो समयदेखी नेपाल सरकार राष्ट्रिय युवा परिषद्सँग नजिक रहेर युवा मामिला विकासमा समेत देशका विभिन्न क्षेत्रमा युवा सशक्तिकरणमा काम गरेका हिसावले समेत उनमा स्ववियुलाई गतिशिलता प्रदान गर्न सक्छु भन्ने दरिलो आत्मविश्वास रहेको छ। विगतमा युवा तथा खेलकुद मन्त्रालयको युवा नीति, कार्यक्रम परिमार्जनका विभिन्न खाले छलफलका सत्रहरुमा आफ्नो सशक्त मत राखेका विशाल त्यहि आधारमा क्याम्पसमा समेत विद्यार्थी मैत्रि नीति र कार्यक्रम निर्माणमा समेत सकारात्मक हस्तक्षेप गर्ने बताउँछन्।