
२१ जूलाई २०२५ । एनआरएन हङकङको आसन्न १० औं अधिवेसनमा अध्यक्ष पदका लागि प्रत्यासी बनेका जयन्ती गुरुङ (संगिता) को नेतृत्वमा १४ सदस्यीय समानान्तर कमिटी जोर्डनस्थित नमोबुद्ध धर्म आमा समुह गुम्बामा गठन गरिएको छ । पूर्ण कमिटी १९ सदस्यीय हुने गरि बनाईएको अन्य रिक्त पदहरूमा आगामी मिटिङमा छलफलबाट पूर्ति गरिने जनाईएको छ ।
हङकङमा रहेको एनआरएनमा उम्मेद्वारी दिएर पनि किन अर्को कमिटी गठन भयो भन्ने प्रश्नमा अध्यक्ष जयन्ती गुरुङ (संगिता) भन्नुहुन्छ, “हङकङ रहेको एनआरएनकै कार्य समितिको लागि उम्मेद्वारी दर्ता गर्दा देखिएका असभ्यता, त्रुटी तथा हङकङको नयॅा कानून बमोजिम संस्था नचलेको तथा नेपाल सरकारले मान्यता दिएको केन्द्रिय कमिटीको बिरूद्ध रहेको साविक कार्यसमितिको आचरण रहेकोले बिधि बिधान नियम संगत गर्न अर्को कमिटीको विकल्प रहेन ।”

हाल भैरहेको एनआरएन कुनै व्यक्ति बिशेषको भएको र सदस्यता पनि IMS सिस्टमले हङकङका मानिसको महत्वपूर्ण कागजपत्र बिदेश पुर्याएकाले यसको औचित्य समाप्त भएको सामान्तर कमिटीका अध्यक्ष जयन्ती गुरुङले बताउनुभयो ।
साथै चॅाडै नै हङकङको कानून बमोजिम सदस्यता बितरण गरि आगामी ६ महिनाभित्र अधिवेसन गरिसक्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।