
चैत ८ , काठमाडौं । बाहुबली पछि प्रभासको कुनै पनि फिल्म रिलिज भएको छैन । उनी लामो समयदेखि एउटै फिल्ममा व्यस्त रहेका छन् । ‘ प्रभासको आगामी फिल्म ‘शाहो’ । यसको चर्चा दिनानुदिन बढ्दै गईरहेको छ ।
‘साहो’मा प्रभासको साथमा बलिउड नायिका श्रद्धा कपूरको अभिनय रहेको छ । यतिमात्र नभएर यो फिल्मको भिलेन पनि बलिउडबाट नै लिइएको बताइएको छ । गएको वर्ष यस फिल्मको टिजर रिलिज गरिएको थियो जसले करोडौँ भिजिटर पाइएको छ। फिल्ममा ज्याकी श्राफलाई भिलेनको रुपमा देखाउन लागिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
भिलेनकै रुपमा ज्याकीको साथ निल नितिन मुकेश र चंकी पण्डे पनि फिल्ममा रहेको बताइएको छ। चंकी पाण्डेको भुमिका फिल्ममा एकदमै पछाडिको छ भने निलको भुमिका पनि भिलेनकै हुनेछ । हिन्दी तेलुगु र तामिल भाषामा बनाउने फिल्मको सुटिङको काम पनि लगभग धेरै नै सकिएको बताइएको छ ।
