हलिउडमा रिजेक्ट भएका बलिउडका यी सुपरहिट कलाकारहरु


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र १४, २०७५

  • चैत १४ , काठमाडौं ।  बलिउडका सबै कलाकारमा हलिउड फिल्म खेल्ने चाहना लुकेको हुन्छ । तर केहीलाई मात्र सो अवसर मिल्ने गरेको छ । अहिलेसम्मको अवस्था हेर्ने हो भने बलिउडका धेरै कलाकारले हलिउड प्रोजेटमा काम गरिसकेका छन् । तर केही मात्र आफ्नो नाम राख्न सफल देखिन्छन् । आज चर्चा ती कलाकारको गर्दैछौ, जो हलिउड प्रोजेटको अडिसनमा रिजेक्ट भएका थिए ।

    प्रियंका चोपडा
    हलिउड टिभी श्रृखला ‘क्वान्टीको’ अभिनयका कारणले प्रियंकाले हलिउडमा पहिचान बनाएकी छन् । फिल्म ‘बेवाच’ प्रदर्शन पछि उनी एक हलिउड प्रोजेटका लागि फाइनल पनि भएकी थिइन् । सो समय उनलाई हलिउड फिल्मका निर्माताले रिजेक्ट गरेका थिए । हलिउड निर्मातामा कालो केटी फिल्ममा नराख्ने मानसिकता भएको आफूले सो समय पाएको प्रियंकाले एक अन्तर्वार्तामा बताएकी थिइन् ।

    रणवीर सिंह 
    एक समय हलिउड प्रोजेट अभिनयका लागि आफुले अडिसन दिएको र रिजेक्ट भएको हालै एक अन्तवार्ताका क्रममा रणवीर सिंहले बताएका छन् । उनले भनेका थिए ‘सेडुल समस्याका कारण काम गर्ने अवसर मिलेन, अनि रिजेक्ट भए ।’

    दीपिका पादुकोण  
    दीपिकाको पहिलो हलिउड फिल्म ‘ट्रिपल एक्स ः एक्सेन्डर क्रेज’ हो । यस अगाडि उनले बिज्ञापन तथा एक बिषेश भुमिकाका लागि ‘फास्ट एण्ड फ्युरियस ७’को अडिसन दिएकी थिइन् । अडिसनमा उनी रिजेक्ट भएकी थिइन् ।

    कंगना रनौत 
    दीपिकाको साथसाथै कंगनाले पनि ‘फास्ट एण्ड फ्युरियस ७’को एक भुमिकाका लागि अडिसन दिएकी थिइन् । तर उनी अडिसनमा रिजेक्ट भइन् ।

    चित्रान्गदा सिंह 
    दीपिका र कंगनाले झै ‘फास्ट एण्ड फ्युरियस ७’का लागि चित्रान्गदा सिंहले पनि अडिसन दिएकी थिइन् । तर सफल हुन सकिनन् ।

    सोनम कपुर 
    सोनमले सुपर हिट फ्रेन्चाही ‘पाइरेट्स अफ द क्यारेबियन’मा एक भुमिकाका लागि अडिसन दिएको थिइन् । तर अडिसनमा उनी रिजेक्ट भएको उनले बताएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार