झुकिएर पनि नराख्नुहोस् फेसबुकमा यस्ता गोप्य कुरा..


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १७, २०७५

  • काठमाडौं, चैत १७ ।   सजिलोसँगै अप्ठ्यारा र जीवनमा सरलता ल्याउने इन्टरनेटकै बाटोबाट भित्रिने जटिलता पनि छन् । समाजिक सञ्जालमा सन्देशहरु प्रवाह गर्दा सामान्य होसियारी अपनाउँदा इन्टरनेटकै कारण हुन सक्ने जोखिम कम हुन्छ । फेसबुक या सामाजिक सञ्जालमा बिर्सेर पनि आफ्नो पे चेक,क्रेडिट कार्ड, अनलाइन खरिद बिल र बैंक एकाउन्टका तस्वीर पोष्ट गर्नुहुँदैन । यदि तपाइँले यसो गर्नुभयो भने निकै ठूलो गल्ती हुनसक्छ । तपाइँले पोष्ट गरेको तस्वीरका आधारमा कम्प्युटर ह्याकरले तपाइँको बैंक एकाउन्टमा रहेको पैसा समेत चोर्न सक्छन् ।

    सामाजिक सञ्जाल ‘फेसबुक’ मानव जीवनको अभिन्न अंग बनिसकेको छ । यससँगै अप्ठ्यारा र जीवनमा सरलता ल्याउने इन्टरनेटकै बाटोबाट भित्रिने जटिलता पनि छन् । त्यसैले बिर्सेर पनि निजी जानकारी फेसबुक या अन्य सामाजिक सञ्जालमा पोष्ट गर्नु हुँदैन ।

    यस्ता कुरामा ध्यान  दिउँ :

    फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउने छन् ।

    जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको निजी जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्न सक्छन् र तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

    वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

    रिलेसनशीप स्टेटसः यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

    क्रेडिट कार्ड डिटेल्सः क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

    आफ्नो बाेसलाई नजोड्नुहोस्ः यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बाेसलाई नराम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

    आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

    छुट्टिको जानकारी नदिनुहोस्ः याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

    परिवारको तस्बिर नराख्नुहोस्ः यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

    बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

    लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार