एएफसी महिला ओलम्पिक छनोट :नेपालको लगातार दोस्रो हार, भारतसँग ३-१ गोल अन्तरले पराजित


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र २३, २०७५

  • काठमाडौं, चैत २३। ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ । पराजित भएसँगै नेपालकाे ओलम्पिक खेल्ने सपना सकिएको छ । यसअघि म्यानमारसँग पराजित भएको नेपालले अब अन्तिम खेलमा मंगलबार इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ ।

    शनिबार भएको खेलमा नेपालले पहिलो हाफ एक एक गोलको बराबरी खेले पनि थप दुई गोल दोस्रो हाफमा ब्यहोरेको थियो । छैटौं मिनेटमा असलत देवीको प्रहार रोक्ने क्रममा डिफेन्डर पुनम जर्घामगरले आफ्नै पोस्टमा गोल गर्न पुगेकी थिइन् ।

    भारतले लिएको सो अग्रता एक मिनेटपनि टिक्न सकेन । सातौं मिनेटमा सावित्रा भण्डारीको पासमा निरु थापाले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन् ।

    ५८ औं मिनेटमा भारतले अग्रता २–१ मा पुर्याएको थियो । भारतका लागि ७९ औं मिनेटमा पेनाल्टी मार्फत थप एक गोल गरेको थियो । डी बक्सभित्र फल भएपछि पाएको पेनाल्टीलाई भारतकी अष्टलतादेवीले पेनाल्टी मार्फत गोल गर्दै ३–१ को अवस्थामा पुर्‍याइन् ।

    त्यसपछि थप गोल नभएपछि भारतले ३–१ गोल अन्तरको जित निकाल्न सफल भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार