वरुण धवनकी प्रशंसकले दिइन् उनकी प्रेमिकालाई मार्ने धम्की…


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २४, २०७५

  • काठमाडौं, चैत २४ । बलिउड अभिनेता वरुण धवन आफ्ना प्रशंसकहरूसँग मेलजोल गरिरहेका हुन्छन् । मौका पाउनेबित्तिकै उनी प्रशंसकहरूसँग भेटघाट गर्छन् ।  तर शुक्रवार वरुणकी एक महिला प्रशंसकले उनलाई भेट्न नपाएपछि बेस्सरी हंगामा मच्चाइन् ।

    वरुण अहिले कलंक फिल्मको प्रमोसनमा व्यस्त छन् । यसैबीच उनलाई भेट्न एक महिला प्रशंसक आइन् । तर उनले वरुणलाई भेट्न नपाएपछि उनी रिसाइन् । कुरा चर्किंदै गएपछि उनले वरुणकी प्रेमिका नताशालाई मार्ने धम्की दिइन् ।

    यस विषयमा वरुणका सुरक्षा टोलीले बताए, ‘वरुण सर जहिले पनि प्रशंसकहरूलाई भेट्छन् । तर केही दिनयता उनी फिल्मको प्रमोसनमा व्यस्त छन् । त्यसैले उनले भेट्न नमानेका हुन् ।  हामीले ती फ्यानलाई यही कुरा भन्दा उनले मानिनन् । पहिला त उनले आफैंलाई घात गर्ने बताइन् । त्यसमा कुनै मतलब नगर्दा उनले नताशा म्यामलाई मार्ने धम्की दिइन् ।’

    सुरक्षा टोलीले उनलाई हटाएपछि पनि उनले लगातार नताशालाई मार्ने धम्की दिइरहिन् ।

    घटनाको गम्भीरतालाई हेरेर सान्ताक्रूज प्रहरी चौकीमा महिलाविरुद्ध उजुरी दर्ता गराइएको छ । तर वरुणका तर्फबाट बयान नआउन्जेलसम्म एफआईआर दर्ता हुँदैन ।

    एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार