सलाह र फिर्मिनाेबिना बार्सिलोनाविरुद्ध लिभरपुल….


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख २४, २०७६

  • काठमाडौं, २४  वैशाख ।  पहिलो लेगमा शानदार जित निकालेको बार्सिलोना च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज लिभरपुलसँग खेल्दैछ । पहिलो लेगमा ३–० को जित निकालेको बार्सिलोना विजय यात्रालाई निरन्तरता दिने लक्ष्यसहित लिभरपुलविरुद्ध खेल्न लागेको हो ।

    नेपाली समयअनुसार खेल मध्यराति पौने १ बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । स्पेनिस ला लिगाको उपाधि कब्जा गरिसकेको बार्सिलोना च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्न चाहन्छ । पहिलो लेगको जितपछि सहज अवस्थामा रहेको बार्सिलोनालाई लिभरपुलका मुख्य खेलाडी नहुँदा फाइदा हुने विश्लेषण गरिएको छ ।

    लिभरपुल मुख्य खेलाडीबिनौ मैदान उत्रिँदैछ । चोटका कारण इजिप्टका स्टाइकर मोहमद सलाह खेलमा उपस्थित हुनेछैनन् । यस्तै रोबर्टो फिरमिनो पनि मैदान देखिने छैनन् । बार्सिलोनाका डेम्बले खेल्नेमा दुविधा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार