रोनाल्डो भन्छन् : ‘मेस्सीले हारको दोष पनि पाउनुपर्छ’


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, बैशाख २७, २०७६

  • काठमाडौं, २७ वैशाख । ब्राजिलियन लिजेण्ड रोनाल्डो नाजारियो जसले बार्सिलोना र रियल मड्रिडबाट खेल खेले उनले बार्सिलोनाबाट च्याम्पियन्स लिग बाहिरिनुबारे प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,‘ बार्सिलोना पराजित हुँदा प्रशिक्षक अरनेस्टो भलभर्डे र फिलिपिन्हो कोटिन्होलाई दोष लगाउने र जित्दा मेस्सीलाई सबै क्रेडिट दिने यो कहाँको सम्मान हो ?’

    लिभरपुलसँग ४–० गोलले पराजित भएपछि बार्सिलोना टोली व्यापक आलोचित बनिरहेको छ ।  उनले भनेका छन्,‘हरेक खेलाडी र प्रशिक्षकलाई सम्मान दिनुपर्छ । बार्सिलोना एउटा विशिष्ट टोली हो । उनीहरुसँग विश्वकै उत्कृष्ट खेलाडीहरु रहेका छन् ।’

    ‘पहिलो खेलमा मेस्सीालाई सबैले उत्कृष्ट खेलाडी भन्दै तारिफ गरे जब दोस्रो खेल पराजित भयो तब सबै दोष प्रशिक्षक र कोटिन्होलाई लगाइयो, यो कहाँको न्याय हो ।’, उनले भने । उनी थप्दै भन्छन्,‘बार्सिलोना जब खेल जित्छ तब मेस्सीका कारण, जब हार्छ तब केही सिमित खेलाडी र प्रशिक्षकलाई दोष ।’

    पछिल्लो समय स्पेनिस क्लब रियल भालाडोलिडको सबैभन्दा धेरै सेयर किनेका उनले लिभरपुलले खेल जित्दा आफु आश्चर्यचकित नभएको बताएका छन् । उनले लिभरपुलले खेल जित्नुमा बार्सिलोना केही हदसम्म अभागी रहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार