वैज्ञानिकहरुले पत्ता लगाए नयाँ ग्रह, आफ्नै वायुमण्डल तर धेरै गर्मी


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १७, २०७६

  • काठमाडौं, जेठ १७ । खगोल वैज्ञानिकहरुले एउटा यस्तो ग्रह पत्ता लगाएका छन् जसले सूर्यलाई नभइ अरु ताराको वरिपरी परिक्रमा गर्दै आएका छन्। यो ग्रहको विलक्ष्ण भएकाले यसलाई वैज्ञानिकहरुले ‘फरबिडन प्लानेट’ नाम दिएका छन्।

    यो ग्रहको नजिकमा एनजीटीएस-४ रहेको छ। यो ग्रहको आफ्नै वायुमण्डल रहेको छ भने यहाँ मर्करीभन्दा पनि धेरै गर्मी हुन्छ। यसको बारेमा मन्थली नोटिस अफ रोयल एस्ट्रोनोमिकल सोसाइटी नामक जर्नलमा प्रकाशित गरिएको छ।

    खासमा फरबिन प्लानेट नाम किन रह्‍यो ?

    यो ग्रह न्प्च्यूनियन डेजर्टमा भेटिएको हो। यो क्षेत्रमा धेरै गर्मी तथा रेडिएशन यति धेरै छ की ग्‍यास वायुमण्डवाला ग्रहले यसमा आफ्नो अस्तित्व नै बचाउन सक्दैनन्।

    रेडिएशनकै कारण यो ग्रहमा आफै विस्फोट हुन्छ र त्‍यहाँ केही चट्टान मात्रै बाँकी रहन्छ। तर यो ग्रहको ग्‍याँसको वायुमण्डलसँगै जीवन बाँच्‍न
    सक्‍ने सम्भावनालाई निक्कै चुनौती रहेको वैज्ञानिकहरुको भनाई छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार