
काठमाडौं, जेठ २० । म्यान्चेस्टर युनाइटेडका पूर्वस्टार खेलाडी नानीले क्लबमा केहि विश्व स्तरीय खेलाडीको आवश्यक रहेको बताएका छन् । युनाइटेडले प्रिमियर लिग जित्न र च्याम्पियन्स लिगमा कडा दावेदारी देखाउन विश्व स्तरीय खेलाडीलाई अनुबन्धन गर्नु पर्ने उनले बताए ।
ओमनि स्पोर्टससँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । “युनाइटेडलाई धेरै विश्व स्तरीय खेलाडीको आवश्यक छ, क्लबले हरेक सिजन प्रिमियर लिग र च्याम्पियन्स लिगमा धेरै संघर्ष गर्नुपरेको छ”, उनले भने, “युनाइटेडलाई अझै उत्कृष्ट खेलसँगै ठुला उपाधि हात पार्ने योजना छ भने विश्व स्तरीय खेलाडी अनुबन्धन मुख्य पाटो हो,” पूर्वखेलाडी नानीले भने ।
युनाइटेडले अन्तिम पटक सन् २०१३ मा प्रिमियर लिगको उपाधि जितेको थियो । उक्त सिजन म्यान्चेस्टरलाई उपाधि दिलाउन नानीले महत्वपूर्ण भुमिका खेलेका थिए । २००७ देखि २०१५ सम्म म्यान्चेस्टरमा समय बिताएका उनले क्लबका लागि १ सय ४७ खेलमा २५ गोल गरेका छन् ।