मार्सेलो भन्छन् : ” रोनाल्डोसँग फुटबलभन्दा अन्य कुरा धेरै हुन्छ । “


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार १९, २०७६

  • काठमाडौं । असार १९ । रियल मड्रिडका खेलाडी मार्सेलोले क्लबका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोसँग अझै राम्रो कुरा हुने बताएका छन् । आफूहरुको कुरा फुटबल भन्दा पनि अन्य विषयमा धेरै हुने उनले बताए । मार्सेलो अहिले कोपा अमेरिकाको टिम बाहिर छन् । ब्राजिलले भने कोपा अमेरिकाको फाइनलमा स्थान बनाइसकेको छ ।

    “हामीसँग फुटबल बाहेक कुरा गर्न अरु महत्वपूर्ण कुराहरु पनि छन् । हामी धेरैजसो हाम्रा बच्चाहरुको बारेमा कुरा गर्छौँ, उनीहरु पनि फुटबल खेल्ने गर्छन् । अनि केही कुरा विगतमा हामीबीचको सम्बन्धका बारेमा पनि हुन्छन्,” मार्सेलोले भने ।

    पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो हाल इटालियन क्लब युभेन्टसमा छन् । रोनाल्डो रियलका लागि एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा पनि परिचित छन् । रोनाल्डोले रियललाई चारवटा च्याम्पियन लिग टाइटल र दुईवटा ला लिगा जिताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार