सिजन २०१९–२० का लागि बार्सिलोनाको अवे जर्सी सार्वजनिक


  • Frontline Nepal

काठमाडौं । असार २३  । ला लिगा च्याम्पियन फुटबल क्लब बार्सिलोनाले नयाँ सिजनको लागि अवे जर्सी सार्वजनिक गरेको छ । स्पेनिस महारथीले सोमबार सन् २०१९–२० को लागि प्रयोग हुने जर्सी सार्वजनिक गरेको हो  ।

बार्सिलोनाले नयाँ सार्वजनिक जर्सीमा अथुर मेलो, फिलिपे कौटिन्होलाई मोडलको रुपमा राखेको छ । बार्सिलोनाले होम जर्सी भने यसअघि नै सार्वजनिक गरिसकेको थियो । पहेलो रंगबाट निर्माण गरिएको जर्सीमा बार्सिलोनाको ट्रेडमार्क रंगले सजावट गरिएको छ । बार्सिलोनाको नयाँ अवे जर्सी सन् १९७९ को बार्सिलोनाको जर्सीसँग मिल्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट