अठार वर्षदेखि अपहरणमा परेका किशोर ‘फेसएप’ बाट भेटिएपछि…


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन ६, २०७६

  • काठमाडौं । साउन ६ ।  हाल सामाजिक सञ्जालमा एकदमै चर्चामा रहेको रुसी ‘फेसएप’ बारे डाटा लिक हुने तथा फोटो लिक हुने खतरा बढी रहेको भन्ने खबर बाहिर आएर प्रयोगकर्ता केही सजग हुन पुगेका छन् ।

    तर, पनि प्रयोगकर्ता आफ्नो बुढ्यौली फोटो अत्याधिक पोष्ट गरिरहँदा यसै एपको सहयोगले चीनको राजधानी बेइजिङमा बस्ने परिवारले १८ वर्ष पहिले अपहरणमा परेका किशोरलाई भेटेका छन् ।

    प्रहरीले हराएका वीफेङ्गको पुरानो फोटोलाई फेसएपको सहायताले वर्तमान समयमा बदलेको थियो । त्यसपछि उक्त बच्चा अहिले कस्तो देखिन्छ भनेर अनुमान गरेको थियो ।

    त्यसलगत्तै उसलाई खोज्न सुरु गर्यो । प्रहरीका अनुसार वीफेङ्ग २००१ मे ६ मा कन्स्ट्रक्सन साइट बाट हराएका थिए । उक्त समय उनका बुबा त्यहाँ फोरम्यानको रुपमा काम गर्दथे । फेसएपको सहायताले १०० व्यक्ति छानियो ।

    तस्बिरहरुलाई छान्दै वीफेङ्ग लाई खोज्नमा सफलता मिलेको हो । प्रहरी अधिकारीका अनुसार जब वीफेङ्गलाई हामीले भेट्यौं उसले हामीलाई आफू अपहरणमा परेको भन्नमा इन्कार गर्यो । तर हामीले डीएनए टेस्ट बाट पत्ता लगाउन सफल भयौं ।

     

    यू वीफेङ्ग अहिले २१ वर्षका भए । उनी अहिले कलेजमा पढ्दै छन् । उनलाई तीन वर्षको उमेरमा अपहरणमा परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार