नेपाली खेलाडीमध्ये अहिलेसम्मकै बढी कमाउनेमा सन्दीप लामिछाने अगाडि


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, कार्तिक ४, २०७६

  • काठमान्डौ । नेपाली खेलाडीमध्ये खेलकुदबाट सबैभन्दा बढी पैसा कमाउनेमा सन्दीप लामिछाने भएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लिगमा अनुबन्धित हुने देखि विज्ञापनबाट करोडौं कमाएका छन् । जुन नपाली खेलाडीमध्ये अहिलेसम्मकै उच्च हो ।

    नेपाली खेलाडीमध्ये अन्तर्राष्ट्रिय लिगमा अनुबन्धित भएर करोडभन्दा बढी रकममा अनुबन्धित हुनेमा उनकै नाम आएको छ । यसअघि कुनैपनि नेपाली खेलाडी यति ठूलो रकममा अनुबन्धित भएका थिएनन् । सन्दीपलाई ओभल इन्भेन्सीबल्समा एक लाख पाउण्डमा अनुबन्धित गरेको छ । जुन डेढ करोड नेपाली रुपैयाँ बराबर हुनआउँछ ।

    यसैगरी, बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको छ । लामिछानेले क्यारेबियन लीगमा पाएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो । यो रकम झन्डै ७८ लाख रुपैयाँ बराबर हो । उनले गत वर्ष पनि क्यारेबियन लिग खेलेका थिए । क्यारेबियन प्रिमियर लिग यो बर्ष सन् २०१९ अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्ट इन्डिजमा आयोजना हुने तय भएको छ ।

    सन्दीपले ‘द हन्ड्रेड’ मा कर्नाटिकाबाट ४५ हजार अमेरिकी डलरमा अनुबन्धित भए । केही हप्ता अगाडि कर्नाटकाले उनलाई ४५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

    नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली हुन् । आईपीएलको बेन्गलुरुको अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो ।

    सिप्रदी ट्रेडिङ प्रा.लि ले उनलाई तीन वर्षको अनुबन्धमा हस्ताक्षर गरेको छ साथै उनलाई टाटा टिगोर कारबाट पुरस्कृत गरेको छ । यती कार्पेटले लामिछानेलाई नेपाली एक लाखले पुरस्कृत गरेको छ । यतीले उनलाई आई पि एलमा उत्कृष्ट प्रदर्शन गरेको कारण पुरस्कृत गरेको हो ।
    सन्दीप विभिन्न कम्पनिको उत्पादनको विज्ञापनमा आवद्ध छन् । यसबाट उनले लाखौं आम्दानी गर्छन् । यसबाट उनको कमाई दुई करोड नाघिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार