फुटबल किक हान्‍ने रोबोट


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर ३०, २०७६

  • काठमाडौं   इरानको तेहरान विश्‍व विद्यालयले एक रोबोट सार्वजनिक गरेको छ । रोबोटको नाम सुरेना हो । जसमा १०० प्रकारको भाषा बोल्ने क्षमता छ। यी बाहेक रोबोटले विभिन्न भाषाहरु अनुवाद गर्न पनि सक्छ।

    विश्व विद्यालयका इन्जिनियरिङ संकायका विद्यार्थीले ४ वर्ष लगाएर यो रोबोट बनाएको हो। नयाँ मानिस चिन्ने, सामान ओसार-पसार गर्ने क्षमता भएको सुरेनामा फुटबल किक हान्ने प्रतिभा समेत रहेको छ ।

    रोबोट सुरेनाको लम्बाइ १७० सेन्टी मिटर र तौल ७० केजी छ । सुरेना १ घण्टामा ७ सय मिटरसम्म हिँड्न सक्छ ।  जमिनमा अगाडि पछाडि, दाँया बाँया जसरी पनि यसलाई मोड्न सकिन्छ । यसले मानिससँग हात मिलाएर अभिवादन समेत गर्छ । सुरेना भित्र मानिसमा हुने अरु थुप्रै गुण राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार