रुस्लान भोड्का अब देशबाहिर पनि…


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, माघ १७, २०७६

  • काठमाडौं । रुस्लान भोड्काले आफ्नो बजारलाई देशबाहिर पनि विस्तार गरेको छ । कम्पनीका अनुसार रुस्लानका आकर्षक प्याक अस्ट्रेलिया, हङकङ, बेल्जियम, जापान, दक्षिण कोरिया र मलेसियाका बजारमा पनि देख्न सकिने भएको हो ।

    रस्लानले विदेशी बजारमा पनि आफ्नो अमिट छाप छाड्न सफल हुनेमा जावलाखेल गु्रप अफ इन्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशी विश्वस्त छन् । कम्पनीका अनुसार रस्लान विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको नेपालको पहिलो भोड्का हो ।

    चीन, थाइल्यान्डलगायत देशमा पनि रस्लानको निकासीका लागि पहल भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार