यस कारण छुटे पूर्वसभामुख महरा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन ५, २०७६

  • काठमाडौं । ५ फागुन । बलात्कार गरेको आरोपमा अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा पूर्वसभामुख महरा थुनामा परेका थिए ।
    तर संसद सचिवालयकी कर्मचारी रोशनीले पटक-पटक आफ्नो बयान फेरेकी थिईन् । सूरुमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी रोशनी पछि गएर उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएकी थिइन् । अदालतले रोशनीकै बयानलाई मुख्य आधार बनाएर महरालाई सफाइ दिएको हो ।

    सोमबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरा निर्दोष भएको फैसला सुनाएपछि सामाजिक सञ्जालमा ब्यापक टिका-टिप्पणि सूरु भएको छ । आइतबार महराका पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी बराल लगायत अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए । त्यसअघि सरकारी वकिलले बहस गरेका थिए ।

    महराले अशोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसको ५ दिनपछि सभामुख निवासबाटै महरा पक्राउ परेका थिए । उनलाई मंसिर ६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    गत अशोज १२ गते महरा मादक पदार्थ सेवन गरी कोठामा आएको र आफूलाई बलात्कार प्रयास गरेको भन्दै रोशनीले हाम्राकुरा डट्कम  संगको  भिडिओ कुराकानीमा बताएकी थिइन् । आफूले प्रतिकार गर्न खोज्दा कुटपिट गरेको रोशनीले बताएकी थिइन् । प्रहरीलाई खबर गर्न खोज्दा महरा रोशनीको तीनकुनेस्थित कोठाबाट निस्किएको बताएकी थिईन् । हाम्राकुरा डट्कम मा समाचार र भिडिओ सार्वजनिक भएपछि अर्को अनलाईन नागरिकखबरडट्कम संगको भिडिओ कुराकानीमा उनले महरा निर्दोष भएको बयान दिएकी थिइन् ।

    महरा रोशनीको कोठाबाट निस्किदा कोठामा छुटेको जुत्ताको तलुवा, फुटेको चस्माको सिसा र चस्माको भाचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो । महराले लगाएको चस्माको पावर र रोशनीको कोठाबाट बरामद गरेको सिसाको पावर एउटै रहेको पाइएको थियो ।

    कृष्ण बहादुर महराले थुनामा कसरी बिताए १ सय ३५ दिन ?

    <iframe width=”800″ height=”375″ src=”https://www.youtube.com/embed/rnT-_6u5eVg” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

    प्रतिक्रिया
    सम्बन्धित समाचार