सुबिसुको नोकियाको हन्ड्रेड जी अप्टिकल नेटवर्क


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १२, २०७६

  • काठमाडौं । सुबिसु केबल नेटले नोकियाको हन्ड्रेड जी अप्टिकल नेटवर्कको कार्य विस्तार गरेको छ । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले समयको माग र ग्राहकको स्तरीय सन्तुष्टिका लागि अत्याधुनिक सेवा आरम्भ गरेको दाबी गरेको छ ।

    यस नेटवर्ककमा उपभोक्ताले आफ्नो ब्यान्डविथ १ जीबीपीएससम्म विस्तार गर्न सक्छन् । यसको थालनीसँगै उपभोक्ताले उच्च गतिको इन्टरनेट र उच्च डेफिनेसन इन्टरनेट प्रोटोकलको सेवा लिन सक्नेछन् ।
    कम्पनीले सरकारको ‘डिजिटल नेपाल’ योजना कार्यान्वयनमा सघाउने विश्वास लिएको दाबी गरेको छ ।

    कम्पनीले देशको ११ स्थानमा नोकियाको १८३० पीएसएस, डेन्स वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ तैनाथ गराइसकिएको बताएको छ । यसबाट ग्राहकको बदलिँदो माग पूर्ति गर्नु सँगैसँगै सुबिसुले हन्ड्रजी सर्भिस प्रदान गर्न सक्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार