प्रधानमन्त्रीको ओलीको शल्यक्रिया विहान ९ बजेदेखी


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन २१, २०७६

  • काठमाडौं । २१, फागुन । बुधबार प्रधानमन्त्री केपी ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिदैछ । सोमबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका ओलीको आज ९ बजेदेखी शल्यक्रिया सुरु गरिदैछ । ओलीलाई शिक्षण अस्पतालको ६ सय १ नम्बर क्याबिनमा राखिएको छ ।

    नाताले भान्जी पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिदै छिन् । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रँ.डा. उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दैछ । मंगलबार ओलीको मुटु, फोक्सो र कलेजोको परीक्षण गरिसकिएको छ ।

    भारतको एपोलो अस्पतालमा ओलीले ०६४ सालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए । त्यसबेला मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि काठमाडौं आइपुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार