एकेडेमीया र भक्तपुर क्याम्पस क्वाटरफाईनलमा


  • Frontline Nepal

एकेडेमीया र भक्तपुर बहुमुखी क्याम्पस आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । एकेडेमीयाले प्राईमलाई ५ विकेटले हराउदा भक्तपुरले आयोजक न्युसमिट कलेजलाई ४ विकेटले स्तब्ध बनाउदै समूह बिजेताको रुपमा क्वाटरफाईनलमा प्रवेश गरेका हुन ।

समय अभावका करण बिहिवारका खेल १६ ओभरको खेलाईएका आयोजक कलेजका निर्देशक चोकराज दवाडीले जानकारी गराए ।
मुलपानी क्रिकेट मैदानमा भएकोे पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको प्राईमले १६ ओभरमा अल आउट हुदा ७६ रन बनाउन सक्यो । प्राईमका आभाष शाहिले सर्वाधिक १९ रन जोड्दा म्यान अफ द म्याच समेत चुनिएका एकेडेमीयाका चिन्तामणी बिश्वकर्माले घातक बिलिङ गदै ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिएका थिए । एकेडेमीयाले सामान्य ७७ रनको लक्ष्य पाए पनि १५।३ ओभरमा ५ विकेटको क्षतिम कठिन जित निकाल्यो । बिजय टिमका साजन तन्डुकार९कुशलले सर्वाधिक १८ रन जोड्दा बलिङतर्फ निश्चल श्रेष्ठले ३ ओभरमा २१ रन दिदै २ विकेट लिएको थिए ।
न्युसमिट कलेजको आयोजनामा भएको दोश्रो खेलमा भत्तपुर बहुमुखी क्याम्पसले टस जितेर फिल्डिङ रोजे पछि क्रिजमा उत्रिएको आयोजक न्यु समिटले १६ ओभरको खेलमा ६ विकेटको नोक्सानीमा ९० रन जोड्यो । सुनिल खड्काले सर्वाधिक २४ रनको योगदान दिए । भक्तपुर क्याम्पसले १५ ओभरमा ६ विकेटको नोक्शानीमा ९३ बनाएर समूह बिजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनायो । भत्तपुरका लागि अलराउण्ड प्रर्दशन गरेका गजेन्द्र पाण्ड्या बलिङतर्फ ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिदा ब्याटिङतर्फ पनि नटआउट ४१ रन जोड्दै म्यान अफ द म्याच बन्न सफल भए । न्यु समिटका राजिब गुरुङले उत्कृष्ट बलिङ गदै ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए पनि टिमलाई पराजयबाट जोगाउन सकेनन् । पराजय पश्चात पनि आयोजक न्यु समिट कलेजले समूह उपाबिजेताको रुपमा क्वाटर फाईनमा स्थान बनाउन सफल भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट