मेस्सी बने ला लिगा फेबु्रअरी प्लेयर अफ त मन्थ


  • Frontline Nepal

बार्सिालोनाका कप्तान लियोनल मेस्सी फेबु्रअरी महिनाका लागि ला लिगा प्लेयर अफ त मन्थ बनेका छन् । स्पेनिस ला लिगामा फेबु्रअरीमा गरेको उत्कृष्ट प्रदर्शनका कारण उनि प्लेयर अफ त मन्थ घोषित भएका हुन् । उनको कप्तानीमा बार्सिलोनाले फेब्रुअरीमा खेलेको सबै खेलमा जित हात पारेको थियो । उनले कुल ३ खेलमा ४ गोल गर्दै ६ गोलका लागि असिस्ट समेत गरेका छन् ।

फेब्रुअरीमा सबै खेल जितेपनि मार्च महिनामा भने ला लिगाको पहिलो खेलमानै स्पेनिस महारथि रियल म्याड्रिडसँग पराजित भएको छ । पराजयसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको शिर्षस्थान रियल म्याड्रिडलाई सुम्पेको छ । कुल २६ खेल खल्दै ५६ अंकसहित म्याड्रिड शिर्षस्थानमा रहँदा समान खेल खेलेको बार्सिलोना ५५ अंकसहित दास्रो स्थानमा रहेको छ । अब अर्को खेल उसले रियल सोसियडाडसँग ७ मार्च मा खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट